अनमोल केसीविरुद्ध अदालतमा मुद्दा

अनमोल केसीविरुद्ध अदालतमा मुद्दा

काठमाडौं जिल्ला अदालतमा अभिनेता अनमोल केसीविरुद्ध मुद्दा परेको छ । नरेन्द्रबहादुर श्रेष्ठले अनमोलसहित चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङ र निर्माता रोहित अधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उनले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरेको दाबीसहित मुद्दा दायर गरेका हुन् । उनले आफूलाई उचित क्षतिपूर्ति दिन माग गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेठले जानकारी दिए ।