बाँकेमा पहिलो पटक समलिङ्गी विवाह दर्ता
बाँकेमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराएका हुन ् ।
वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको हो। विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुसीमा विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको हो ।
समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो ।
वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र प्रदान गरेको बताए । चौधरीका अनुसार धेरै विवाह दर्ता गराएपनि समलिङ्गी विवाह दर्ता गरेको भने यो नै पहिलो पटक हो ।
विवाह दर्ता गराउन मायाको पहिचान नेपालले अगुवाइ गरेको जनाइएको छ ।



