बुटवल पावर कम्पनीले १२.५०% लाभांश दिने

बुटवल पावर कम्पनी लिमिटेडले १२.५० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैंठकले ५ प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, कार्की ब्याङ्क्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । त्यस्तै, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ । साथै, प्रबन्धपत्रको दफा ५ (ख) संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ ।