आईपीएल विजय उत्सवका लागि बीसीसीआईले निर्देशिका बनाउने

आईपीएल विजय उत्सवका लागि बीसीसीआईले निर्देशिका बनाउने

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को विजय उत्सवका लागि दिशानिर्देशहरू तयार पार्ने तयारी गरेको छ ।

आईपीएल २०२५ को विजय उत्सवमा मनाउने क्रममा बेङ्गलुरुमा भएको भागदौडमा ११ जनाको समर्थकको ज्यान गएपछि बीसीसीआईले दिशानिर्देशहरू तयार पार्ने तयारी गरिरहेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पहिलो पटक आईपीएल उपाधि जितेको अवसरमा भएको भागदौडमा ५० जनाभन्दा धेरै घाइते भएका थिए ।

बीसीसीआईले अवसरको भावनालाई कमजोर नबनाई ट्रफी उत्सवलाई नियमन गर्ने तरिकाहरू खोजिरहेको खबरमा उल्लेख छ ।

यसैबीच बेङ्गलुरु भागदौड घटनामा पक्राउ परेका आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेले अन्तरिम जमानत पाएका छन् । तर उनलाई राहदानी समर्पण गर्न भनिएको छ ।