त्रिदेशीय टी–२० क्रिकेटमा अन्तिम खेलमा स्कटल्यान्ड सँग खेल्दै नेपाल

त्रिदेशीय टी–२० क्रिकेटमा अन्तिम खेलमा स्कटल्यान्ड सँग खेल्दै नेपाल

स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले अन्तिम खेल घरेलु टोलीसँग खेल्नेछ । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ ।

घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो । शृङ्खलामा सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा मङ्कलवार स्कटल्यान्डलाई दुई विकेटले हरायो । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।

शृङ्खलामा नेपाल तीन खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार खेलमा चार अङ्कसहित दोश्रो र तीन खेलमा दुई अङ्कसहित स्कटल्यान्ड तेश्रो स्थानमा छ ।