बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना
काठमाडौं, २३ चैत ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएकोे छ ।
उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो । बेलायतमा अहिलेसम्म चार हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।
४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ ।