बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । बरुण हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।