सनसिटी अपार्टमेन्ट शिलबन्दीः मन्त्रीका छोरादेखि उच्च तहका नेता समेतको बसोबास
१ बैशाख, सोमबार, काठमाडौं ।
राजधानीको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा हालै मात्र बेलायत बाट आएका एकै परिवारका तीनजनामा कोरोना आशंका गरिएको छ । अपार्टमेन्टको १५ औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारीलाइ ¥यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
उक्त अपार्टमेन्टमा बस्ने तीनजनालाई स्वास्थ्य मन्त्रालयको आग्रहमा नियन्त्रणमा लिएर पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ, भने अब त्यहाँ बस्दै आएका सबैलाई वाहिर भित्र गर्न नदिइ उनीहरुको दैनिक अत्यावश्यक बस्तु समेत प्रशासनले पुयाउने गरी शिलबन्दी गरिएको छ ।
अपार्टमेन्टमा झन्डै १ हजार ८ सय व्यक्ति बसोवास गर्दै आइरहेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अपार्टमेन्ट क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनले भने, ‘अब अपार्टमेन्टमा बसेका सबैलाई क्वारेन्टाइनमा राख्ने गरी आवश्यक सामग्रीहरू उपलब्ध गराइनेछ, सबैलाई अपार्टमेन्टभित्रै क्वारेन्टाइनमा राखिनेछ ।’
उक्त अपार्टमेन्टमा अधिकांस उच्च तहका नेता देखि मन्त्रीसम्मको वासस्थान रहेको खुल्न आएको छ । उक्त अपार्टमेन्टमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको फ्ल्याट रहेको छ । राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीको पनि सनसीटीमा फ्ल्याट रहेको छ, तर हाल उनको परिवार अन्यत्रै बस्दै आएको छ ।
उक्त सनसिटीमा अर्थमन्त्री युवराज खतिवडाको छोरा तिलक खतिवडा समेत रहँदै आएका थिए । यस हिसावले कहिले कही अर्थमन्त्री डा युवराज खतिवडा समेत उक्त अपार्टमेन्टमा जाने गरेका थिए । त्यस्तै एमालेका नेता भीम न्यौपाने, संविधानसभा सदस्य विसेन्द्र पासवान, पूर्व जिशिअ वावुराम नेपाल लगायतका व्यक्तिहरु पनि त्यहाँ रहँदै आएका थिए ।
सांग्रिला हाउजिङ प्रलिको सन सिटी अपार्टमेन्टमा अहिले चार र तीन बेडरुम फल्याटको छ । अपार्टमेन्टको फेस र आकारको आधारमा मूल्य निर्धारण गरिएको यो अपार्ट काडमाडौं र भत्तपुरको सिमानामा पर्छ । सिमानामा पर्ने भएकोले पनि उपत्यका अन उच्च जोखिमा परेको छ ।