कोरोना विरुद्द दिएको खोपले काम गर्ने नगर्ने बारे थाहा पाउन अझै केही महिना लाग्ने

कोरोना विरुद्द दिएको खोपले काम गर्ने नगर्ने बारे थाहा पाउन अझै केही महिना लाग्ने

०४ चैत, काठमाण्डौ ।
विश्वव्यापी रुपमै जरा गाडेर बसेको कोरोना भाइरस (कोभिड–१९) विरुद्द दिएको खोपले काम गर्ने नगर्ने बारे जानकारी लिन अझै केही महीना कुर्नु पर्ने भएको छ । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण सुरु गरिएको छ । तर , यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।
अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा खोप दिन सुरु गरिएको सरकारी अधिकारीले बताएका छन् ।
खोपको परीक्षणका लागि ४५ जना वयश्क स्वतस्फूर्त रुपमा तयार भएका छन् । यसैबिच, कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ती दुई सन्तानकी आमा ४३ वर्षीया जेनिफर हालेर रहेकी छिन् । जेनिफर हालेरले समाचार संस्था एपीसँग भनिन् । । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’,।

जेनिफर हालेर


परीक्षणका लागि प्रदान गरिने खोपबाट व्यक्तिमा कुनै संक्रमण हुने सम्भावना नरहेको स्पष्ट पारिएको छ ।
पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा जाँच हुनेछ । अहिले परीक्षण गर्न लागिएको खोपको नाम एमआरएनए–१२७३ दिइएको छ ।एजेन्सी