अज्ञात समूहद्वारा पार्किङ्ग गरेर राखेको बसमा आगजनी
०६ चैत, काठमाडौं ।
तुलसीपुर बसपार्कमा अज्ञात समूहद्वारा पार्किङ गरि राखिएको बसमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७१८८ नम्बरको बसमा गए राति अज्ञात व्यक्ति वा समूहले आगो लगाएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ।
बस पार्क भित्रै पार्किङ गरी राखेको बसमा आगजनी भएपछि गाडीधनीहरु भयवित र त्रसित बनेका छन् ।
आगलागीबाट गाडीको बाहिरी भाग जलेर नष्ट भएको छ । तीन महिनाअघि बसपार्कमा पार्किङ्ग गरेर राखिएको थियो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



