कोरोना संक्रमित युवतीसँगै आएका २ जनालाई क्वरेन्टाइनमा राखियो

चैत ११, काठमाडौं । 

नोबेल कोरोना भाइरस (कोभिड(१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका दुई युवाहरुलाई क्वरेन्टाइनमा राखिएको छ । उनिहरु झापा र बाग्लुङका गरी एक एक जना रहेका छन् ।

गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइएपछि उनीसँगै आएका व्यक्तिको खोजी भइरहेको थियो। संक्रमण फैलन नदिन ति युवालाई क्वारेन्टाइनमा पठाइएको हो । संक्रमण फैलन नदिन ति युवतिसँग सम्पर्कमा आएका मानिसहरुको खोजी भइरहेको छ ।

सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। ती युवालाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको छ ।