नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि ‘नेपाल पे क्युआर’ मार्फत भुक्तानी

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि ‘नेपाल पे क्युआर’ मार्फत भुक्तानी

नेपाल भ्रमणका लागि आउने १० मुलुकका पर्यटकहरूले केही समयदेखि नेपाल पे क्युआरमार्फत भुक्तानी गर्न पाउन थालेका छन्। यो नयाँ डिजिटल भुक्तानी सुविधाले नेपालमा पर्यटकीय कारोबारलाई सहज र सुरक्षित बनाउँदै प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।

एनएसिएचएल र एण्ट इन्टरनेसनलबीच गत वर्ष कात्तिकमा सुरु भएको सहकार्यअनुसार चीनको अलिपे, हङकङको अलिपे एचके, इटालीको तिनाबा, मकाओको एमपे लगायत ७० भन्दा बढी राष्ट्रका लोकप्रिय डिजिटल वालेटहरूमार्फत नेपालमा भुक्तानी गर्न सकिन्छ। यसले पर्यटकलाई नकद बोकेको झन्झट हटाएर सुरक्षित र न्यून शुल्कमा सेवा प्रदान गरेको छ।

एनएसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले भने, “यो प्रक्रिया सहज, सुरक्षित र न्यून शुल्कमा उपलब्ध छ, जसले नेपाल भ्रमणलाई थप सुलभ बनाउँछ।”

हाल नेपाल पे क्युआरमा देशभर ८७५ हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध छन्। ग्राहकहरूले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट र कनेक्ट आइपीएसमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। यस सुविधाले पर्यटकहरूलाई नेपाल भित्रिनेदेखि फर्किनेबेला सम्म डिजिटल कारोबारमा सहजता दिनेछ।