भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, मृत्यु हुनेको संख्या ६ पुग्यो

चैत ९, काठमाडौं ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहारको राजधानी सहर पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो । यो सँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो । 

आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै संक्रमण पाइएको थिएन । भारतमा शनिबार मात्र यो भाइरसको कारण एकै दिन दुई जनाको ज्यान गएको थियो ।

मुम्बईमा ६३ वर्षीयको पटनामा ३८ वर्षका बिरामीको मृत्यु भएको हो । यसअघि महाराष्ट्रमै एक जनाको मृत्यु भएको थियो । त्यस्तै कर्नाटक, दिल्ली र पंजाबमा एक एक जनाको मृत्यु भएको छ । 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ ।

भारतीय मेडिकल रिसर्च एसोसिएशनका अनुसार भारतमा हालसम्म ३४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।