सरकराले हालै ल्याएको बजेट अनुसार विद्युतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । बजेटमा ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाउनुका साथै ५० देखि १०० किलोवाटसम्म मोटर जडान भएका सवारीमा ४० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।
यस्तै १०० देखि १५० किलावाटसम्मका मोटर जडान भएका सवारीमा ५० प्रतिशत र १५० देखि २०० किलोवाट मोटर जडान भएका सवारीमा ६० प्रतिशत, २०० देखि ३०० किलोवाट क्षमताका मोटर जडान भएका सवारीमा ७० प्रतिशत र त्यसभन्दा माथि किलोवाट क्षमता भएका मोटर जडान भएका सवारीमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने भएको बजेट पेश गर्दै अर्थमन्त्री डा.खतिवडाले बताएका थिए ।
नेपालमा विद्युतीय गाडिको भन्सार शुल्क बढाएको समय विश्मा कुन विभिन्न देशले दिने कर छुट तथा अनुसारका बारेमा अध्यान गरौं । विश्वमा विद्युतीय गाडिमा छुट दिने ६ विकशित मुलुक यहाँ प्रस्तुत गरिएको छ ।
चीनः
चीनले विद्युतीय गाडी खरिद गर्नेहरुलाई प्रतिगाडी २५ हजार यूआन अनुदान दिने गरेको छ । चीनले २०२२ सम्म विद्युतीय गाडी किन्नेलाई १० प्रतिशत कर छुट दिँदै आएको छ ।
जर्मनः
जर्मन सरकारले पनि विद्युतिय गाडी प्रयोग गर्नको लागि प्रोत्साहन गरेको छ । जर्मनले ४० हजार यूरोभन्दा कम मूल्य पर्ने विद्युतीय गाडी खरिद गर्दा सरकारले प्रति गाडी ६ हजार यूरो अनुदान दिने गरेको छ ।
नेदरल्याण्ड ः
नेदरल्याण्ड सरकारले नयाँ विद्युतीय गाडी किन्नेहरुलाई प्रतिगाडी ४ हजार यूरो अनुदान र पुरानो विद्युतीय गाडी किन्नेरुलाई दुइ हजार यूरो अनुदान दिने गरेको छ । नेदरल्याण्ड सरकारले सन् २०२५ पछि नेदरल्याण्डमा पेट्रोल र डिजेल बाट चल्ने गाडी बेच्न नदिने नीति लिएको छ ।
बेलायतः
बेलायतमा ५० हजार पाण्ड भन्दा कम मूल्यका विद्युतीय गाडी किन्नेहरुलाई सरकारले प्रतिगाडी ३ हजार पाउण्ड अनुदान दिने गरेको छ ।
क्यानडाः
क्यानडामा विद्युतीय गाडी किन्नेलाई सरकारले गाडीको प्रकृति हेरेर दुई हजार पाँच सय अमेरिकन डलरदेखि पाँच हजार डलरसम्म अनुदान दिने गरेको छ ।
दक्षिण कोरिया
दक्षिण कोरियामा संघीय सरकारले विद्युतीय गाडी किन्नेलाई प्रतिगाडी १८२ लाख वन सम्म अनुदान दिने गरेको छ । अन्य स्थानीय सरकारलले भने विद्युतीय गाडी खरिद गर्दा एक लाख वनसम्म अनुदान दिने गरेको छ ।
एजेन्सीको सहयोगमा