सामाजिक कथावस्तु बोकेका ‘कमला मिस’ र ‘हली’ एकसाथ प्रदर्शनमा, कसले पाउलान् दर्शक ?
नेपाली चलचित्र उद्योगमा शुक्रबारदेखि दुई नयाँ सामाजिक कथावस्तुमा आधारित फिल्म प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजको अवसर पारेर निर्देशक निर शाहको ‘कमला मिस’ र निर्देशक ओम प्रतिकको ‘हली’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका हुन्। दुवै चलचित्रले नेपाली समाजका फरक–फरक यथार्थ, सामाजिक मूल्य र मानवीय संवेदनालाई पर्दामा उतार्ने प्रयास गरेका छन्।…

