Banijya News

अस्ताए कवि दुर्गालाल श्रेष्ठ

1
1.0K Shares

नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ ।

शव श्रद्धाञ्जलीका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि शोभाभवगतीमा परम्परा अनुसार दाहसंस्कार गरिन भएको छ ।

उनका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

विसं १९९२ साउनमा जन्मिएका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए ।

कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उनले २०६० सालमा नेपाल भाषा परिषद्द्‌वारा ‘जनकवि’को उपाधि हासिल गरेका थिए । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् भएका थिए ।

1

Scroll to Top