एमसीसीअन्तर्गतको पाँच जिल्लामा फैलिने ४०० केभी प्रसारण लाइन निर्माण सुरु
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले ४०० केभी क्षमताको लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा विद्युत् प्रसारण लाइन निर्माण सुरु गरेको छ । मंसिर ८ गतेदेखि सिन्धुपाल्चोकबाट निर्माण कार्य अघि बढाइएको हो । एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो उक्त प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर…

