Banijya News

शिवश्री हाइड्रोपावरद्वारा साधारणसभा आह्‌वान, के–के छन् मुख्य एजेण्डा ?

1
1.0K Shares

शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार दुवै आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आयोजना गर्न लागिएको हो ।

कम्पनीको साधारणसभा आगामी मंसिर २८ गते सोमबार काठमाडौंको बुढानिलकण्ठस्थित कम्पनीको कार्यालयमा आयोजना हुनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

तर, कम्पनीले सार्वजनिक गरेको सूचनामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव उल्लेख गरिएको छैन ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

यसका साथै सञ्चालक समितिको निर्वाचनसम्बन्धी प्रस्ताव पनि सभाको एजेण्डामा समावेश गरिएको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीको नियम ४७(१) संशोधन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ ।

1

Scroll to Top