Banijya News

चार महिनामा वाणिज्य बैंकको कर्जा एक खर्ब ४८ अर्बले बढ्यो

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ खर्ब ४८ अर्ब ७१ करोड रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असार मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म बढेर ५४ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १८ वटाको कर्जा प्रवाह बढेको छ भने दुई बैंकको घटेको छ । कर्जा प्रवाहको आकारका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकले चार महिनामा ३० अर्ब ७१ करोड रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा ५ खर्ब ७ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ ।

यसैगरी, नबिल बैंकले १७ अर्ब ५९ करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा ५ खर्ब ५ अर्ब ५७ करोड रुपैयाँ पुर्‍याएको छ । गत असार मसान्तमा बैंकको कर्जा प्रवाह ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ थियो ।

कर्जा प्रवाहको आकारका आधारमा तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । बैंकको कर्जा ६ करोड रुपैयाँले मात्रै बढेर ३ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको कर्जा १ करोड रुपैयाँले बढेर ३ खर्ब ४६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको कर्जा १५ अर्ब ६८ करोड रुपैयाँले बढेर ३ खर्ब ३६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । कुमारी बैंकले १८ अर्ब ७५ करोड रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा ३ खर्ब २१ अर्ब १४ करोड रुपैयाँ पुर्‍याएको छ ।

एनएमबी बैंकको कर्जा ६ अर्ब ५९ करोड रुपैयाँले बढेर २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नेपाल बैंकले ५ अर्ब ९२ करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा २ खर्ब ६७ अर्ब ६५ करोड रुपैयाँ पुर्‍याएको छ । हिमालयन बैंकको कर्जा ७ अर्ब ४ करोड रुपैयाँले बढेर २ खर्ब ६३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

सिद्धार्थ बैंकले चार महिनामा १२ अर्ब १४ करोड रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा २ खर्ब ६० अर्ब २९ करोड रुपैयाँ पुर्‍याएको छ । एभरेस्ट बैंकको कर्जा ११ अर्ब रुपैयाँले बढेर २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । प्राइम बैंकले ६ अर्ब ५० करोड रुपैयाँ कर्जा थप गर्दै कुल कर्जा २ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको छ भने कृषि विकास बैंकको कर्जा ३ अर्ब ४३ करोड रुपैयाँले बढेर २ खर्ब ४९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

प्रभु बैंकको कर्जा प्रवाह भने ५ अर्ब ४४ करोड रुपैयाँले घटेर २ खर्ब २६ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ । गत असार मसान्तमा बैंकको कर्जा २ खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ थियो ।

सानिमा बैंकको कर्जा ३ अर्ब ६ करोड रुपैयाँले बढेर २ खर्ब ९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । एनआईसी एसिया बैंकको कर्जा ५ अर्ब १३ करोड रुपैयाँले घटेर २ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ । असार मसान्तमा बैंकको कर्जा २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँ थियो ।

सिटिजन्स बैंकको कर्जा ६ अर्ब ८० करोड रुपैयाँले बढेर १ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकले ९ अर्ब २९ करोड रुपैयाँ कर्जा विस्तार गर्दै कुल कर्जा १ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ पुर्‍याएको छ । नेपाल एसबीआई बैंकको कर्जा ३ अर्ब ६२ करोड रुपैयाँले बढेर १ खर्ब ५६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।सबैभन्दा कम कर्जा प्रवाह गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा पनि १ अर्ब ९ करोड रुपैयाँले बढेर ७१ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

समग्रमा कर्जा प्रवाहको आकारका आधारमा ग्लोबल आइएमई र नबिल बैंक अग्रस्थानमा रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा पछाडि रहेको छ । समीक्षा अवधिमा कुमारी, ग्लोबल आइएमई र सिद्धार्थ बैंकले उल्लेख्य कर्जा विस्तार गरेका छन् भने प्रभु र एनआईसी एसिया बैंकको कर्जा प्रवाह घटेको छ ।

1

Scroll to Top