एनपीएलमा दोहोरो भिडन्त, जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज आमनेसामने हुँदा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।…

