कर राज्य वा राज्यका आधिकारिक निकायबाट आय, सम्पत्ति वा कारोवारमा अनिवार्य असुल गर्ने रकम हो । कर भन्ने शब्द ल्याटिन शब्द त्बहबचभ बाट आएको हो । करदाताले कर तिरेको आधारमा राज्यबाट प्रत्यक्ष सुविधा वा प्रतिफलको प्रत्याभूति पाउन सक्दैन । करको रकम व्यक्तिगत हितका लागि नभई राज्यका सर्वसाधारणको साझा हितका लागि खर्च गरिन्छ । राज्यले कुनै स्थानबाट कर संकलन गरी अविकसित क्षेत्रमा खर्र्चे गर्ने नीति निर्माण गर्न सक्दछ । कर करदाताका लागि स्वच्छिक योगदान नभई अनिवार्य योगदान हो । प्रत्यक्ष प्रतिफल बिना नागरिकले राज्यलाई अनिवार्य रूपमा कानून बमोजिम बुझाउनुपर्ने रकम नै कर हो । कर संसदले पारित गरेको कानून अनुसार मात्र लगाउन पाइन्छ । त्यसकारण विश्व भरीनै सर्वसाधारणको प्रतिनिधित्व भएको संसदले कानून बनाई कर लगाइन्छ ।
करका मुख्यतः देहाय बमोजिमका उद्देश्यहरू हुन्छन् :–
राजस्व संकलन : सर्वसाधारणका लागि विभिन्न सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य हो । साथै सरकारले विकास निर्माणका काम जस्तै सडक पुल, रेल–बे, विद्युत सेवा, शिक्षा तथा स्वास्थ्य जस्ता पूर्वाधारको व्यवस्था गर्नुपर्दछ । मूलुकका विभिन्न क्षेत्रको संतुलित विकासका लागि राज्यले लगानी गर्नुपर्दछ । यसका लागि सरकारलाई आम्दानीको आवश्यकता पर्दछ । उक्त रकम सरकारले करको माध्यमबाट संकलन गर्दछ । आय असमानता घटाउनु ः सरकारले बढी आय हुने व्यक्तिलाई करको दर धेरै र कम आय हुने व्यक्तिलाई करको दर कम लगाई धनी व्यक्तिसंग बढी कर असुल गरी आय असमानता कम गर्न आवश्यक व्यवस्था गरेका हुन्छ । जसको कारण आम्दानी बढी हुने व्यक्तिमा करको भार बढी हुन्छ । तथा आम्दानी कम हुने व्यक्तिलाई करको भार कम हुन्छ यसले कम आय हुने व्यक्तिको बचतको अनुपात धेरै र धेरै आम्दानी हुने व्यक्तिको वचतको अनुपात कम हुन गई आय असमानता घट्दै जान्छ ।
सामाजिक न्याय स्थापना गर्नु ः सरकारले स्वास्थ्यका लागि हानिकारक, विलाशिताका वस्तुहरू तथा प्रदुषण धेरै हुने वस्तु तथा क्षेत्रमा उच्चदरको कर असुल गर्दछ । साथै अत्यावश्यक क्षेत्रमा करको दर कम वा कर छुट हुने व्यवस्था गरेको हुन्छ । यस व्यवस्थाले विलाशिताका वस्तुहरूको उपभोग निरुत्साहित हुन गई सामाजिक न्याय प्रवद्र्धन हुन जान्छ । आर्थिक स्थायीत्व कायम गर्नुः सरकारले पैठारीमा करको दर बढाई आयातलाई निरूत्साहित गर्न सक्दछ । जसको कारण देशको व्यापार संतुलन कायम हुन जान्छ, साथै सरकारले विलाशितामा वस्तुहरूमा धेरै कर लगाएमा उक्त वस्तुहरूको उपभोग कम हुन गई सरकारी बचत हुन जान्छ । साथै सरकारले कुनैपनि वस्तुको मूल्य बढाउन बढी कर लगाउने र वस्तुलाई सर्वसाधारणको पहुंचमा लैजान करको दर कम राख्न सक्दछ । नेपालमा धान, चामल, दाल जस्ता आधारभूत आवश्यकताका वस्तुहरूमा कर नलाग्ने व्यवस्था रहेको छ भने रक्सी, चुरोट जस्ता वस्तुहरूमा धेरै कर लाग्ने व्यवस्था रहेको छ ।


