पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ ।
अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
मलेसियामा कामदार पठाउने वहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको छ ।
अर्यालविरुद्ध केही दिनअघि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।


