Banijya News

सामान्य अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

1
1.0K Shares

नेप्से परिसूचक आज विहीबार सामान्य अंक घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से आज विहीबार १०.८९ अंक घटेर २६३६.७५ विन्दुमा झरेको छ ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक घटेको छ ।

१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । हिजो बुधबार ६ अर्ब १४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा विहीबार ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । नाफा कमाउने स्टकहरुको शीर्ष स्थानमा रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.८८ प्रतिशत बढेको छ । त्यस्तै, लक्ष्मी उन्नती कोषको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर पनि ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको एलएस होराइजन १२ को इकाईमूल्य सबैभन्दा बढी ४.७६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ५१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआईसी एशिया बैंकको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top