Banijya News

बैंक

ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत अर्थात् डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको […]

प्रभु बैंकका पूर्वसीईओ अशोक शेरचन पुर्पक्षका लागि थुनामा

प्रभु बैंकका पूर्वसीईओ अशोक शेरचन पुर्पक्षका लागि थुनामा

प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले बैंकिङ कसुरसम्बन्धी मुद्दामा शेरचनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। प्रभु बैंकसँग सम्बन्धित बैंकिङ कसुर मुद्दामा शेरचनसहितका प्रतिवादीमाथि अदालतले पुर्पक्षको प्रक्रिया…


  • एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु किन्दा सहुलियत कर्जा

    एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु किन्दा सहुलियत कर्जा

    एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बैंकका ग्राहकलाई बीएमडब्लु ब्राण्डका विभिन्न गाडी खरिदमा सहुलियतपूर्ण ब्याजदर तथा विशेष सुविधा उपलब्ध गराउने समझदारी भएको छ । समझदारीअनुसार एनआईसी एशिया बैंकका ग्राहकले लक्ष्मी प्रिमियम मोटर्समार्फत बिक्री हुने बीएमडब्लुका विभिन्न गाडी खरिद गर्दा परिवर्तनीय ब्याजदरमा औसत आधार दरमा थप १…

  • महिला उद्यमीलाई वित्तीय पहुँच बढाउन कुमारी बैंक र महासंघबीच सहकार्य

    महिला उद्यमीलाई वित्तीय पहुँच बढाउन कुमारी बैंक र महासंघबीच सहकार्य

    कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिलाको आर्थिक सशक्तीकरण, उद्यम विकास तथा दिगो वित्त प्रवद्र्धनका लागि साझेदारी भएको छ । साझेदारीसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महिला नेतृत्वमा सञ्चालित व्यवसाय…

  • माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

    माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

    माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित उक्त परियोजनामा माछापुच्छ्रे बैंकले एकल रूपमा लगानी गर्ने भएको हो । बैंकका अनुसार परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म रकम माछापुच्छ्रे बैंकले वित्तीय लगानी…

  • कुमारी बैंकको ७८ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने

    कुमारी बैंकको ७८ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७८ हजार ६७७ कित्ता संस्थापक शेयर सर्वसाधारणबलाई बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट…

  • राष्ट्र बैंकद्वारा विदेशी मुद्रा कारोबार सीमा बढाइयो, अन्य के–के भए परिवर्तन?

    राष्ट्र बैंकद्वारा विदेशी मुद्रा कारोबार सीमा बढाइयो, अन्य के–के भए परिवर्तन?

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारसम्बन्धी व्यवस्थामा व्यापक संशोधन गर्दै विदेशमा उपचार गराउने नेपाली नागरिकदेखि सेवा आयात, निर्यात, हवाई सेवा, भारतसँगको कारोबार तथा विदेशी ऋण भित्र्याउने कम्पनीसम्मलाई थप सहजीकरण गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै विभिन्न प्रयोजनमा विदेशी मुद्रा सटही तथा भुक्तानीको सीमा बढाएको हो…

  • असोज २९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक

    असोज २९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।…

  • विपद् र साइबर जोखिमबीच बैंकिङ सेवा अवरुद्ध हुन नदिने पूर्वाधार आवश्यक

    विपद् र साइबर जोखिमबीच बैंकिङ सेवा अवरुद्ध हुन नदिने पूर्वाधार आवश्यक

    नेपालमा डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै प्राकृतिक विपद्, साइबर आक्रमण तथा प्राविधिक समस्याका बीच पनि बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न सक्ने सुरक्षित र भरपर्दो डिजिटल पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, एटीएम, कार्ड तथा विद्युतीय भुक्तानीलगायतका सेवा…

  • राष्ट्र बैंकले २ रुपैयाँका ३० करोड सिक्का टकमरी गर्ने

    राष्ट्र बैंकले २ रुपैयाँका ३० करोड सिक्का टकमरी गर्ने

    नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान सिक्का टकमरी (मिन्टिङ) गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै पूर्व–योग्यता प्राप्त अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूलाई प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो । साना दरका मुद्रा तथा सिक्काको…

  • लुम्बिनी विकास बैंकले १८०३ कित्ता संस्थापक शेयर बिक्री गर्ने

    लुम्बिनी विकास बैंकले १८०३ कित्ता संस्थापक शेयर बिक्री गर्ने

    लुम्बिनी विकास बैंक लिमिटेडले १ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी दिवाकर कोइरालाको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाइएको हो । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै शेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको छ । इच्छुक संस्थापक शेयरधनीले…

Scroll to Top