Banijya News

हिमालयन बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुई अवार्ड

1
1.0K Shares

हिमालयन बैंक लिमिटेडले भिजाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्त्वपूर्ण अवार्ड प्राप्त गर्न सफल भएको छ ।

व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम अक्वायर रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मानसहित ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पोस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ गरी दुई विधामा अवार्ड प्राप्त गरेको हो ।

भिजाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बैंकले जनाएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १ सय ५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २ सय ७९ एटिएम, ९ हजारभन्दा बढी पोस टर्मिनल्स र ८ हजार ५ सय भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई परिष्कृत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

1

Scroll to Top