नबिल बैंक लिमिटेडले भिजा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गरेको छ । बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्युइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो ।
भिजा इन्टरनेशनल कार्ड प्रदायक कम्पनी हो । नेपालमा भिजाले बर्सेनि भिजा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आइरहेको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले एक महत्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ ।
चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिल बैंकले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ ।


