मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३ गते शुक्रबार साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा हुने भएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।


