हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
नेपाली चलचित्र तथा हास्य क्षेत्रमा परिचित कलाकार एवं निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा असहजता महसुस भएपछि केही दिनअघि उनलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कमा ट्युमर देखिएपछि विशेषज्ञ चिकित्सकहरूको टोलीले शल्यक्रिया गर्ने निर्णय गरेको…

