नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो। लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलोपटक घटेको थियो।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार तोलामा १० रुपैयाँ घट्दै चाँदीको भाउ ९४० रुपैयाँ कायम भएको थियो।