Banijya News

नेकपा स्थायी कमिटी बैठक शुरु, यस्तो छ बैठकको एजेन्डा

4 Shares

१० असार, काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ। आजको बैठकमा एमसीसी, कोरोनाभाइरस, सरकार र पार्टी संचालनको समीक्षा, लगायतका बिषयमा छलफल हुने बताइएको छ । 

बुधबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा विहान भएको भेटले ५ एजेन्डा तय गरेका थिए। बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, सरकारका कामको समीक्षा, सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी एजेण्डा तय भएका छन् ।

नेकपाको स्थायी कमिटी बैठक यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको थियो । नेकपा स्थायी कमिटी ६ महिनामा बस्न लागेको हो। यसअघिको बैठक पुसको पहिलो साता बसेको थियो।

यस्ता छन् बैठकको एजेन्डा

Scroll to Top