वीरगञ्ज – कोरोना संक्रमणका कारण पर्सामा थप एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १० निवासी ५५ वर्षकी एक महिलाको मृत्यु भएको हो । संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो २ बजेर ५५ मिनेटमा नारायणी अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
फोक्सो र श्वासप्रश्वासमा समस्या देखिएकी ति महिलाको गत भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो मृत्युसँगै कोरोना संक्रमणबाट वीरजञ्जमा ज्यान गुमाउनेको संख्या ४३ पुगेकोे छ ।