Banijya News

सत्तारुढ दल नेकपा कानूनी रुपमा विभाजन हुन नमिल्ने, कानूनले नै दल विभाजनलाई लगाएको छ बन्देज

4 Shares

काठमाडौं ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यगत रुपमा विभाजन भैसकेका छन् । राजनीतिक दलसबन्धी कुनै कानुन नहेरी नेकपा विभाजनको बारेमा हल्ला चलाउने काम आफ्नै दलका नेताहरूले गरिरहेका छन् । दुबै समुहका आफ्नै अध्यक्ष आफ्नै मुख्यालय देखि लिएर केन्द्रदेखि गाउँसम्मै विभाजनको देखिससिकएको छ । ब्यावहारका दुबैदल विभाजन भएपनि कानूनी रुपमा भने विभाजना हुन नमिल्ने देखिएको छ ।


तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा एकीकरण भएकाले सत्तारूढ नेकपालाई विभाजित हुनबाट राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको ऐन –२०७३ ले प्रतिबन्ध लगाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को (३) ले नेकपालाई मात्रै होइन, यस प्रतिनिधिसभाका कार्यकालमा एकीकरण भएका तरार्ई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल र हिन्दू धर्मका साथै संवैधानिक राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि विभाजन हुनबाट प्रतिबन्ध लगाएको कानून विदको ठहर छ ।


ऐनको दफा १० ले दुई वा दुर्ईभन्दा पार्टी एकीकरण गर्नका लागि अधिकार दिए पनि सोही अनुसार एकीकरण भएका दललाई दफा ३३ को उपदफा (३) ले एकीकरणपछि विभाजन गर्नका लागि कम्तीमा पाँच वर्षसम्म प्रतिबन्ध लगाएको देखिन्छ । यस प्रबधान अनुसार नेकपा फुटन कानूनी रुपले मिल्दैन् । तर नयाँ दल गठन गर्न भने मिल्ने ति कानून विदको तर्क छ ।


तत्कालीन नेकपा एमालेका सांसदले सबन्धित दल त्याग गरेर र नेकपा (माओवादी केन्द्र) ले पनि सबन्धित दल त्याग गरेर नेकपामा एकीकरण भएकाले सो धारा आकर्षित हुनसक्ने निर्वाचन आयोगका पदाधिकारीहरु तर्क छ । उनी यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम गठन भएको दल आयोगबाट मान्यताप्राप्त गरेको मितिबाट पाँच बर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन नसक्ने उठको तर्क छ ।

ऐनको दफा ३३ मा दल त्याग गरेको नमानिने शीर्षकमा सो प्रसंगलाई स्थान दिइएको छ । सो दफाको उपदफा (२) मा ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदीय दलका कम्तीमा चालिस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरूसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन । ति कानून विद ‘संसद् पुर्नस्थापना भए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन सक्दैन ।

उनी अगाडि थप्छन् –‘प्रतिनिधिसभाको यस कार्यकालभित्र मर्ज र एकीकरण भएकाले नेकपा विभाजन हुन नसक्ने प्रस्ट लेखिएको छ ।

Scroll to Top