Banijya News

प्रभु ऊर्जा कृषि पर्यटन विकासको लाभांश घोषणा

160 Shares

प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रतिकित्ता १२५ प्रतिशतका दरले कर बाहेक बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले भदौ २१ गते दिउँसो ३ बजे काठमाडौंमा वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।


Scroll to Top