Banijya News

तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको भाउ

160 Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९ सय रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।


Scroll to Top