बैंक तथा वित्त कम्पनीहरुले प्रवाह गर्ने आवास कर्जाको आकार २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँ वृद्धि देखिएको हो ।
गत आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स गरी ५४ वटा बैंक तथा वित्त कम्पनीहरुले व्यक्तिगत आवास निर्माणका लागि चार खर्ब १० अर्ब चार करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा तीन खर्ब ८५ अर्ब ४१ करोड २० लाख रुपैयाँ थियो ।
आव २०८१/८२ को जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले तीन खर्ब २६ अर्ब ७२ करोड ६० लाख रुपैयाँ व्यक्तिगत घर कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा ११ अर्ब ६२ करोड ७० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा वाणिज्य बैंकहरुले व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब १५ अर्ब नौ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
त्यस्तै, विकास बैंकहरुले पनि पछिल्लो अवधिमा व्यक्तिगत आवास शीर्षकमा कुल ६८ अर्ब ६७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा ११ अर्ब छ करोड ५० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा विकास बैंकहरुले व्यक्तिगत आवास शीर्षकमा मात्र कुल ५७ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ को जेठ मसान्तसम्ममा फाइनान्स कम्पनीहरुले पनि व्यक्तिगत आवास शीर्षकमा कुल १४ अर्ब ६४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा एक अर्ब ९४ करोड रुपैयाँले बढी हो । उक्त अवधिमा फाइनान्स कम्पनीहरुको यस्तो कर्जा रकम १२ अर्ब ७० करोड ४० लाख रुपैयाँ रहेको थियो ।
गत वर्ष ११ महिनामा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५५ खर्ब ५४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ थियो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा चार खर्ब २६ अर्ब दुई करोड ३० लाख रुपैयाँले बढी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकिङ क्षेत्रले यो शीर्षकमा ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ कर्जा दिएको थियो ।
गत आवको ११ महिनामा वाणिज्य बैंकहरुले कुल ४९ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा चार खर्ब २८ अर्ब ६० करोड रुपैयाँले बढी हो । उक्त अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा रकम ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
आव २०८१/८२ जेठ मसान्तसम्ममा विकास बैंकहरुले कुल कर्जा रकम पाँच खर्ब २० अर्ब २५ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका थिए । जुन अघिल्लो आवको सोही अवधिमा चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार आव २०८१/८२ को जेठ मसान्तसम्ममा फाइनान्सहरुको कुल कर्जा रकम एक खर्ब एक अर्ब ९२ करोड २० लाख रुपैयाँ रहेको थियो । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा रकम ९८ अर्ब ६९ करोड ८० लाख रुपैयाँ रहेको थियो ।