जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा झण्डै तीन लाख जीवन बीमालेख जारी गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो महिना कुल दुई लाख ८४ हजार एक सय ७६ बीमालेख जारी गरी १९ अर्ब ६५ करोड ३३ लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
राष्ट्रिय बीमा कम्पनी, नेसनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कपोरेसन, मेटलाइफ इन्स्योरेन्स, एसियन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन् नेपाल लाइफले साउनमा उक्त शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ । यसअनुसार पहिलो महिना राष्ट्रिय बीमा कम्पनीले आठ सय २५ वटा बीमालेखमार्फत ४३ करोड ३९ लाख १६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, नेसनल लाइफले २७ हजार तीन सय ७१ वटा बीमालेख बिक्रीबाट दुई अर्ब ४१ करोड ४५ लाख ३६ हजार, नेपाल लाइफले ७५ हजार नौ सय ५३ वटा बीमालेखबाट छ अर्ब १९ करोड २५ लाख ६९ हजार, लाइफ इन्स्योरेन्स कपोरेसन (नेपाल)ले चार हजार एक सय १२ वटा बीमालेखमार्फत दुई अर्ब तीन करोड ९९ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यसबाहेक मेटलाइफ इन्स्योरेन्सले ४७ हजार एक सय ५३ वटा बीमालेखमार्फत ५३ करोड ९९ लाख ९२ हजार, एसियन लाइफले आठ हजार ८८ वटा बीमालेखमार्फत ९४ करोड ८६ लाख १२ हजार, आईएमई लाइफले ११ हजार आठ सय ५२ वटा बीमालेखबाट ६७ करोड पाँच लाख चार हजार रुपैयाँ संकलन गरेको छ ।
११ हजार दुई सय ९८ वटा बीमालेख बिक्री गरेको सन् नेपाल लाइफले ३६ करोड ५२ लाख २६ हजार, २२ हजार तीन सय ३८ वटा बीमालेखबाट रिलायबल नेपाल लाइफले ६८ करोड १७ लाख ७९ हजार तथा सिटिजन लाइफले ३२ हजार आठ सय २४ वटा बीमालेखमार्फत ८५ करोड ६४ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार साउनमा सूर्यज्योति लाइफले २५ हजार दुई सय ९५ वटा बीमालेखमार्फत एक अर्ब २४ करोड ५२ लाख ५७ हजार, सानिमा रिलायन्स लाइफले छ हजार तीन सय २४ वटा बीमालेखमार्फत ७१ करोड ९५ लाख ३९ हजार, हिमालयन लाइफले चार हजार एक सय ७८ वटा बीमालेखमार्फत दुई अर्ब दुई करोड ८१ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसबाहेक प्रभु महालक्ष्मी लाइफले पनि छ हजार पाँच सय ६५ वटा बीमालेख्मार्फत ६१ करोड ६८ लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।