Banijya News

माछापुच्छ्रे बैंकले दशैं अघि नै सेयर धनीलाई लाभांश दिने

1.1K Shares

गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई दशैं अघि नै लाभांश दिने भएको छ । दशैंअघि नै घोषित लाभांश वितरणको उद्देश्यले बैंकले असोज १० गतेका लागि आफ्नो २७ औं वार्षिक साधारणसभा बोलाएको छ ।

सभा होटल पोखरा ग्रान्डमा बिहान ११ बजे सुरू हुनेछ । सभाका लागि ४ प्रतिशत नगद लाभांश पारित गर्ने, ४ प्रतिशत बोनस सेयर पारित गर्ने, ८.२५ प्रतिशत लाभांश दिने ३ अर्ब रूपैयाँबराबरको अविमोच्य प्रकृतिको अग्राधिकार सेयर जारी गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

सेयरधनीको खातामा लाभांश दशैंअघि नै पठाउने योजना बैंकले बनाएको छ ।


Scroll to Top