मुक्तिनाथ क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। यस क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ ।सभा आरण्य बुटिक होटल एन्ड रेष्टुरेन्ट प्रालि, काठमाडौंमा अपराह्न ४ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।