उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओ भ्रमण भएको सचिवालयले बताएको छ। उपप्रधानमन्त्री पौडेलमाथि कुनै आक्रमण नभएको प्रष्टीकरण दिएको छ।
सचिवालयले भने, ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।’
हिजो जेन जीहरूको आन्दोलनको क्रममा पौडेलमाथि पनि आक्रमण भएको भन्दै भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सचिवालयले खण्डन गरेको हो ।