शंकर गु्रपले एक अर्ब लगानीमा नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट सुरू गरेको छ । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्सले टिभिएसका दुई पांग्रे र तीन पांग्रे सवारी साधन बिक्री गर्दै आइरहेकोमा यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो ।
कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए । अग्रवालका अनुसार प्लान्टमा टिभिएसको सबै रेन्जमा मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारीसाधन उत्पादन गर्न सकिने भएपनि पहिलो चरणमा ‘अपाचे १६०’ मात्र उत्पादन गरिएको छ । यो प्लानबाट वार्षिक १ लाख दुईपांग्रे र १५ हजार तीनपांग्रे सवारी साधन उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।
नेपालमा एसेम्बल्ड प्लान्ट लगाउँदा तत्कालै एक सय जनाभन्दा बढी इन्जिनियर तथा दक्ष जनशक्तिले रोजगारी पाउँछन् । गुणस्तरमा सम्झौता गर्न सकिने भएकै कारण एसेम्बल्ड प्लान्टमा दक्ष जनशक्ति चाहिने र त्यसका लागि कम्पनी आफैले तालिम समेत दिने गर्छ । कम्पनीले थ्री ह्वीलर र स्कुटर गरेर ५ सय जनालाई रोजगारी प्रदान गर्न सक्छ ।