आइएमई पेबाट हवाई टिकट काटदा सुनको सिक्का जित्न सकिने भएको छ । आइएमई पेले आफ्ना ग्राहकका लागि हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न सक्ने योजना सार्वजनिक गरेको छ । आइएमई पेको एपबाट हवाई टिकट बुक गर्ने दुई भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने कम्पनीले जनकारी दिएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक एकजना बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट र हरेक हप्ता एकजना बिजेताले एउटा चाँदीको सिक्का जित्न सकिने जनाएको छ ।
हवाई सेवा अहिले सबैभन्दा बढ्ता रूचाइएको यातायातको माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई यातायात नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताका निम्ति आइएमई पेबाटै घरमै बसेर हवाई टिकट बुक गर्न मिल्ने जनाईएको छ । अझ बढी यात्रुहरुलाई हवाई यात्राका सेवा दिन र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यस योजनालाई संचालन गर्न कम्पनीले केही निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । जसअनुसार आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुने कम्पनीले जनाएको छ ।