फुटवेयर म्यानुफ्याम्चरर्स एशोसियसनले जुत्ता चप्पल मेला आयोजना गर्ने भएको छ । ‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ नामाकरण गरेर एशोसियसनले कार्तिक २६ देखि मंसिर १३ सम्म मेला आयोजना गर्ने भएको हो । मेलामा ३० कम्पनीका १ सय बढी स्टल रहने छन् । मेलामा ३ हजार ब्राण्डका जुत्ता चप्पल एउटै छानामुनि राखिने छ । मेलामा नयाँ तथा पूराना ब्राण्डका जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।
दैनिक ७ हजार ५ सय जोर जुत्ता बिक्री हुने र मेला अवधि भरमा २ करोड बढीको कारोबार गर्ने लक्ष्य एशोसियसनको छ । एशोसियसनले मेलाकै लागि भनेर ५० लाख बढी लगानी गर्ने जनाएको छ । भृकुटीमण्डपमा मेला आयोजना गर्न एशोसियसनले समाजकल्याण परिषदलाई दैनिक ६० हजार रुपैयाँ तिर्नेछ ।
मेलामा स्टल राखेवापत कम्पनीहरुले छुट्टै शुल्क तिर्नु नपरेपनि खर्च भाग लगाएर ३० कम्पनीले व्यहोर्ने संयोजक उपाध्यायले जानकारी दिए । जुत्ता चप्पल उद्योगमा १८ अर्ब माथिको लगानी छ ।