कजारिया टायल्सले “कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश” नामक उपभोक्ता योजना घोषणा गरेको छ ।
यस चाडपर्वको अवसरमा, ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत आकर्षक दयब्त स्मार्टवाच जित्ने मौका पाउनेछन् । साथै, बम्पर उपहार स्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ ।
कजारिया टायल्सले घर सजावट तथा पुनर्निर्माणलाई अझ रोमाञ्चक र अर्थपूर्ण बनाउन यो उपभोक्ता योजना ल्याएको हो। ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा १,००० वर्गफिट काजारिया टायल्स खरिद गरेपछि यसमा सहभागी हुन सक्नेछन् ।
एक हजार वर्गफिट भन्दा बढी खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमार्फत आकर्षक दयब्त स्मार्टवाच जित्न योग्य हुनेछन् । साथै, भाग्यमानी केही जोडीहरूले बम्पर उपहार स्वरुप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज भ्रमण अवसर पाउनेछन् । यो योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ, र यस अवधिमा गरिएका सबै खरिद यस योजनामा सहभागी हुने आधार हुनेछन् ।
काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवालले भने, “दशकौँदेखि काजारिया विश्वास, गुणस्तर र उत्कृष्टताको उदाहरण बनेको छ । यो योजना हाम्रो ग्राहकहरूको अटल विश्वासप्रति धन्यवाद व्यक्त गर्ने माध्यम हो, जसले हामीले दिने उत्कृष्ट अनुभवप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ ।”, उनले थपे, “यस चाडपर्वमा नजिकैको काजारिया टायल्स डिलरमा पुग्नुस्, आकर्षक कलेक्सनबाट रोज्नुस् र स्क्यान गरेर जित्नुस्, आफ्नो घरसँगै आफ्नो भाग्य पनि रूपान्तरण गर्नुस् ।”
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।