Banijya News

तालिबान प्रतिनिधि र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

4 Shares

काठमाडौँ, साउन १३

अफगानिस्तानको विद्रोही समूह तालिबानका प्रतिनिधिहरु दुईदिने भ्रमणका लागि चीन पुगेका छन्। तालिबानको प्रवक्ता मोहम्मद नइमका अनुसार तियानजिन शहरमा तालिबान प्रतिनिधिले चिनियाँ विदेशमन्त्री वाङ यीसँग बुधबार भेटवार्ता गरेका छन्।

तालिबान प्रतिनिधिले चीनसँग विविध विषयमा छलफल गरेको छ। मोहम्मद नइमले ट्विटमा भनेका छन्,‘राजनीति, अर्थव्यवस्था र दुबै देशको सुरक्षा र अफगानिस्तानको वर्तमान स्थिति र शान्ति प्रक्रिया सम्बन्धी मुद्दाहरुमा छलफल भएको छ।’

Ph]G;L

Scroll to Top