Banijya News

सिटिजन्स बैंकद्वारा सडक आश्रित मानवमुक्त अभियान नेपाललाई सहयोग प्रदान

4 Shares

चैत ५ काठमाडौं ।

 ‘सम्मान’ नेपालले शुरू गरेको ‘सडक आश्रित मानवमुक्त अभियान नेपाल’लाई सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक सहयोग गरेको छ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको बैंककी प्रवक्ता उमंग शर्माले बताएकी छन् ।

बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी गराएको छ ।

सामान्य जीवनयापनका लागि पनि दैनिक मागेर हिँड्नुपर्ने अवस्था पीडादायक हुने बताउँदै बैंकले सम्मानको अभियान सफल बनाउन उक्त सहयोग रकम उपलब्ध गराएको जानकारी दिएको छ । 

Scroll to Top