बैशाख ०९, काठमाडौं –
उदयपुरमा थप ११ जनामा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । संक्रमण पुष्टि भएका ११ जना मस्जिद रहेको गाउँका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी गरेको हो । बाँकी ३ जना भने पहिलानै संक्रमण देखिएको तर पूरै पुष्टी भनसकेको ले काठमाडौ पठाएको रिपार्टबाट हो ।
त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको देखिएको हो । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोशी अस्पताल विराटनगर पठाइएको थियो । उनीहरु मध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
यता कोरोना संक्रमण जाँच गर्दा काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आजमात्रै ११ जना संक्रमित थपिएका हुन् ।