Banijya News

पाकिस्तानका १० जना क्रिकेट खेलाडी कोरोना संक्रमित

4 Shares

१० असार, काठमाडौं ।

पाकिस्तानका १० जना क्रिकेट खेलाडी कोरोना संक्रमित भएका छन ।  पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो पटक राष्ट्रिय टोलीका खेलाडीमा संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमित खेलाडीहरुमा शादाब खान, हारिस रऊफ र हैदर अली, फखर जमां, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मौहम्मद रिजवान र वहाब रियाज रहेका छन् ।

१० क्रिकेटरलाई संक्रमण पुष्टी भएसँगै अर्को हप्ता इंग्ल्याण्डसँग हुने तय भएको क्रिकेट श्रृंखला धरापमा परेको छ ।

Scroll to Top