Banijya News

नागरिकको जीवनस्तर उकास्न ३३ हजार कागतीका बिरुवा वितरण

4 Shares

१० असार, काठमाडौं । 

नागरिकको जीवनस्तर उकास्न प्युठानमा ३३ हजार कागतीका बिरुवा उपभोक्तालाई वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । 

जिल्लाभर १८४ कवुलियती वन  छन् । तीमध्ये १५० कवुलियती वनका करीब एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा मङ्गलबारदेखि वितरण गरिएको छ । विरुवा तीन मिटरको दूरीका फरकमा करीब २५ हेक्टर क्षेत्रफलमा रोपण गरिनेछ ।

Scroll to Top