Banijya News

आज थपिए ४३४ जनामा नयाँ संक्रमित, पुग्यो संक्रमितको संख्या ११ हजार १६२ जना

4 Shares

नेपालमा पछिल्ले २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ४३४ जनामा कोरोना संक्रमण भएको बताए । आज थपिएका सँगै नेपालमा संक्रमितको संख्या ११ हजार १६२ जनामा पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको गौतमले बताए । आज डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन् ।

योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ। जसमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन् ।

Scroll to Top