पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा स्याङ्जाका एक जना पुरुष र चितवनका एक पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ।सरकारले आज ललितपुरमा मृत्यु भएको पुष्टि भने गरेको छैन् । चितवन रत्ननगर स्थायी घर भई हाल
ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।